काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)बीच दोस्रो संस्करणको नेपाल व्यवसाय शिखर सम्मेलन, २०८१ (Nepal Business Summit 2024) आयोजना गर्ने समझदारी भएको छ । शिखर सम्मेलन आगामी असारमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेतको सहकार्यमा सिबिफिन र एनबिआईले संयुक्त रुपमा काठमाडौंमा आयोजना गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर...
Author: Rajan Silwal (Rajan Silwal)
उद्यमशीलता र वित्तीय पहुँच अभिवृद्धिका लागि बहुपक्षीय समझदारी
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अगुवाई र नेपाल बिजनेश इन्ष्टिच्यूट (एनबिआई) सँगको सहकार्यमा प्रदेशस्तरमा उद्यमशीलताको विकास एवं प्रवर्द्धन, लगानी विस्तार, उत्पादकत्व एवं रोजगारी वृद्धि र वित्तीय पहुँच अभिवृद्धिका लागि नेपाल सरकारका निकाय र निजी क्षेत्रका प्रमुख संस्थाहरुले बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रमेशचन्द्र पौडेलको प्रमुख...
मौद्रिक नीतिमा बुझाएका सुझावहरुको जानकारी सहित सिबिफिनद्वारा अध्ययन प्रतिवेदन सार्वजनिक
असार २३, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी मौद्रिक नीति, ०७९/८० को विषयमा नेपाल राष्ट्र बैंकमा बुझाएको सुझावहरु र विप्रेषण तथा बैकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाले व्यापार घाटामा परेको प्रभाव विषयक अध्ययन प्रतिवेदन एलफ्ट होटल, काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
सिबिफिनका पदाधिकारीद्वारा देशको आर्थिक अवस्था सुधारका विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूसँग छलफल तथा रायसुझाव पेश
असार १६, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष श्री पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवासमक्ष भेटघाट तथा छलफल गरेको छ ।
बैंक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, चुनौति र आगामी कार्यदिशाका विषयमा छलफल
काठमाडौं असार १,२०७९ । नेपालको बैंक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, चुनौति र आगामी कार्यदिशामा केन्द्रित रहेर विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम मिति २०७९ असार १ गते, बुधवार, ताहाचल, काठमाडौंस्थित ह्यात प्लेस होटलमा सम्पन्न भएको छ ।
आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बजेटको प्रभावकारी कार्यान्वयनमा जोड
काठमाडौं जेष्ठ १८, २०७९ । आर्थिक बर्ष २०७९/०८० को लागि प्रस्तुत बजेट र बजेटले व्यवस्था गरेका विषयहरुमा केन्द्रित भइ नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थमन्त्रालयको सहकार्यमा आयोजित वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।संसदको दुवै सदनमा समेत व्यापक छलफल चलिरहेको सन्दर्भमा बजेटले समावेश गरेका नीति, योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको विषयलाई...
CBFIN र IFC/WB को संयुक्त सहकार्यमा सुरक्षित कारोबार र कर्जा विविधीकरण विषयक कार्यक्रम सम्पन्न
१७ जेठ, काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी/विश्व बैंक) को संयुक्त आयोजनमा सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा काठमाण्डौमा कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग भन्दा व्यापारमा ऋण दिन सजिलो, अब मझौला उद्योगको प्रवर्द्धन गर्छौ: अध्यक्ष गोल्यान
काठमाडौं । नेपाल उद्योग परिसंघले बैक तथा वित्तिय संस्था परिसंघ नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेको छ । कार्यक्रममा बैंक तथा वित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले आगामी दिनमा सिएनआई र सिविफिनले संस्थागत सहयोग र सहकार्यको कार्यलाई तदारुकताका साथ अगाडि बढाउने धारणा व्यक्त गर्नुभयो । कतिपय अवस्थामा उद्योगमैत्री ऋण प्रवाहको व्यवस्था नभएको र उद्योग सञ्चालन...
धितोपत्र बोर्डले लगानीकर्तामा मनोवैज्ञानिक त्रास उत्पन्न नहुनेगरी काम गर्नुपर्छ
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीहरूको नामसहित प्रकाशित गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । व्यक्ति एवम् समूहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सूचीकृत संस्थाहरूको कामकारवाहीको वृहत अध्ययन, अनुगमन र मूल्याङ्कन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत...
सेयरमा वैदेशिक लगानी भित्र्याएमा बजार स्थिर हुनेछः पवन गोल्यान
पवन गोल्यान सरकारले केही वर्ष अगाडि एकद्वार प्रणाली बनायो । तर, उक्त सिस्टमले पोस्टम्यानको जस्तै काम गरिरहेको हुनाले कुनै परिणाम ल्याएको छैन । अहिले कुनै पनि उद्योग सञ्चालनको लागि कम्तिमा ३ महिनादेखि ६ महिनासम्म कुर्नुपर्ने बाध्यता छ । यसको समाधानको लागि जबसम्म समयावधि तोकेर एकद्वार प्रणाली वास्तवमा प्रभावकारी बनाउँदैन । तबसम्म एकद्वार प्रणालीको कुनै औचित्य छैन ।...









