News

Home / News
सिबिफिन र एनबिआईले दोस्रो संस्करणको नेपाल बिजनेस समिट आयोजना गर्ने

सिबिफिन र एनबिआईले दोस्रो संस्करणको नेपाल बिजनेस समिट आयोजना गर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)बीच दोस्रो संस्करणको नेपाल व्यवसाय शिखर सम्मेलन, २०८१ (Nepal Business Summit 2024) आयोजना गर्ने समझदारी भएको छ । शिखर सम्मेलन आगामी असारमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेतको सहकार्यमा सिबिफिन र एनबिआईले संयुक्त रुपमा काठमाडौंमा आयोजना गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्मेलन आयोजनासम्बन्धी समझदारीपत्रमा बुधबार सिबिफिनका उपाध्यक्ष कुश प्रसाद मल्ली र एनबिआईको तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गर्नुभयो । सिबिफिनको कार्यालय सुन्धारामा सम्पन्न भएको हस्ताक्षर समारोहमा सिबिफिन महासचिव प्रचण्डबहादुर श्रेष्ठ र एनबिआईका कार्यक्रम निर्देशक धर्मराज रेग्मीको विशेष उपस्थिति रहेको थियो । निजी...

उद्यमशीलता र वित्तीय पहुँच अभिवृद्धिका लागि बहुपक्षीय समझदारी

उद्यमशीलता र वित्तीय पहुँच अभिवृद्धिका लागि बहुपक्षीय समझदारी

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अगुवाई र नेपाल बिजनेश इन्ष्टिच्यूट (एनबिआई) सँगको सहकार्यमा प्रदेशस्तरमा उद्यमशीलताको विकास एवं प्रवर्द्धन, लगानी विस्तार, उत्पादकत्व एवं रोजगारी वृद्धि र वित्तीय पहुँच अभिवृद्धिका लागि नेपाल सरकारका निकाय र निजी क्षेत्रका प्रमुख संस्थाहरुले बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यता र सिबिफिनका संस्थापक अध्यक्ष पवन कुमार गोल्यान, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, गाउँगालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नेपाल उद्योग परिसंघका...

“सिबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल अध्यक्षमा सर्वसम्मत”

“सिबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल अध्यक्षमा सर्वसम्मत”

“सिबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल अध्यक्षमा सर्वसम्मत” बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालका अध्यक्ष पवनकुमार गोल्यानले पदबाट दिनुभएको राजीनामा मिति २०८० पौष २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको १५औँ बैठकले स्वीकृत गरेको छ । एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो । निवर्तमान अध्यक्ष गोल्यानकै विशेष अगुवाईमा वि.सं २०७६ सालमा स्थापित सिबिफिनको उहाँ संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । सिबिफिनको तदर्थ समितिको गठनदेखि हालसम्म उदाहरणीय नेतृत्व गर्दै आउनुभएका गोल्यानको चारवर्षे कार्यकालमा सिबिफिनले आफूलाई देशभित्र मात्र नभई...

सिबिफिनमा विधान संशोधनसँगै रिक्त भएका पदमा पदाधिकारी सर्वसम्मत चयन

सिबिफिनमा विधान संशोधनसँगै रिक्त भएका पदमा पदाधिकारी सर्वसम्मत चयन

सिबिफिनमा विधान संशोधनसँगै रिक्त भएका पदमा पदाधिकारी सर्वसम्मत चयन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनयन भएको छ । चौथो वार्षिक साधारणसभाबाट संशोधित र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट स्वीकृत संस्थाको विधानअनुसार कार्यसमितिमा रिक्त भएका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष पदमा मनोनयन भएको हो । विधानबमोजिम कार्यसमितिको दुईवर्षे कार्यकाल रहेकोमा एक वर्ष पूरा भइसकेको र एक वर्ष बाँकी रहेको अवस्थामा अधिकांश पदाधिकारी पदहरु रिक्त भएको र यसबाट संस्थागत कामकारबाहीमा कुनै किसिमको बाधा अड्चन हुन नपाओस् भन्ने विषयलाई गम्भीरताका साथ लिँदै कार्यसमिति बैठकले पदाधिकारी मनोनीत गरेको हो । कार्यसमितिको पौष १९ गते सम्पन्न १३औँ बैंठकले...

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को उपमहानिर्देशकमा श्री रोशन कोइराला नियुक्त

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को उपमहानिर्देशकमा श्री रोशन कोइराला नियुक्त

सिबिफिनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको अग्रणी संस्था– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को उपमहानिर्देशक पदमा रोशन कोइराला नियुक्त गरी हाललाई कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको छ । नेपालको एक अग्रणी वाणिज्य बैंकबाट भर्खरै मात्र स्वेच्छिक अवकास लिनुभएका कोइरालाले वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकसम्मको पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । व्यापार प्रशासनमा स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हासिल गर्नुभएका कोइरालाले रणनीतिक मानवीय पूँजी व्यवस्थापन, व्यवस्थापन विकास, व्यवस्थापकिय नेतृत्व विकास तथा अध्यापन, तालिम र पेशागत विकास जस्ता क्षेत्रहरुमा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरुबाट विशिष्ट तालिम समेत प्राप्त गर्नुभएको छ । कर्पोरेट, एसएमई, खुद्रा ऋण, निक्षेप मार्केटिङ, विदेशी...

सिबिफिनद्वारा बिजनेस समिटको प्रतिवेदन सार्वजनिक तथा लेखलेखन प्रतियोगिताका विजयी पत्रकारहरुलाई पुरस्कार प्रदान

सिबिफिनद्वारा बिजनेस समिटको प्रतिवेदन सार्वजनिक तथा लेखलेखन प्रतियोगिताका विजयी पत्रकारहरुलाई पुरस्कार प्रदान

बैक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममार्फत गत बैशाख २४ गते सम्पन्न नेपाल बिजनेश समिट, २०८० को निष्कर्ष प्रतिवेदनको सार्वजनिक तथा लेखलेखन प्रतियोगिताका विजेता पत्रकारहरुलाई पुरस्कृत गरिएको छ । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री रमेश रिजालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममार्फत सार्वजनिक गरिएको प्रतिवेदनमा समिटको दौरानमा भएका विषयगत बहस तथा छलफलका निष्कर्ष, पृष्ठपोषण र समिटमा सहभागी सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय पूर्व प्रधानमन्त्रीज्यू, माननीय अर्थ मन्त्रीज्यू, माननीय उद्योग मन्त्रीज्यू, प्रतिनिधि सभाका माननीय सदस्यज्यूहरु, गभर्नरज्यू, सचिवज्यू, विभिन्न संघ÷संस्थाका नेतृत्वगण, दातृ निकायका प्रतिनिधिलगायतबाट व्यक्त सुझाव, प्रतिबद्धता र ऐक्यवद्धताहरु समेत समेटिएको छ । त्यसैगरी...

आईएमएफको मिसन टोली र सिबिफिनवीच भेटघाट तथा  छलफल

आईएमएफको मिसन टोली र सिबिफिनवीच भेटघाट तथा छलफल

“आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा स्तरोन्नतिका लागि नेपालले तय गर्नुपर्ने मार्गहरुका विषयमा सघन छलफल” काठमाडौं । IMF Mission for 3rd Review under the Extended Credit Facility अन्तर्गत आईएमएफको मुख्यालयबाट श्री टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोली र सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानको नेतृत्वको टोलीवीच यही आश्विन १२ गते,शुक्रवारका दिन सिबिफिन कार्यालय, सुन्धारामा भेटघाट तथा छलफल सम्पन्न भएको छ । आईएमएफको नेपालस्थित कार्यालयसँगको समन्वयमा यस अघि नै तय गरिएको उक्त भेटघाटका क्रममा चालू मौद्रिक नीति, चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन र आर्थिक एवं बैंकिङ क्षेत्रका जल्दाबल्दा विषयहरुमा सघन छलफल भएको छ । भेटघाटका क्रममा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले समग्र आर्थिक एवं...

गभर्नर महा प्रसाद अधिकारी र सिबिफिनवीच छलफल

गभर्नर महा प्रसाद अधिकारी र सिबिफिनवीच छलफल

गभर्नर महा प्रसाद अधिकारी र सिबिफिनवीच छलफल “तंग्रिदैं गरेको अर्थतन्त्रलाई थप गतिशिल र सुदृढ बनाउन सरोकारवाला सम्पूर्ण पक्ष गंभीर र जिम्मेवार हुन आवश्यक”   काठमाडौं । समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा यही आश्विन ८ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफल गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भएतापनि...

मौलिक उत्पादन सम्बन्धी अध्ययन पुस्तक सार्वजनिक, दिगो अर्थतन्त्रका लागि सुझावहरु कार्यान्वयन हुन जरुरी

मौलिक उत्पादन सम्बन्धी अध्ययन पुस्तक सार्वजनिक, दिगो अर्थतन्त्रका लागि सुझावहरु कार्यान्वयन हुन जरुरी

काठमाडौं । नेपाली मौलिक उत्पादनहरुको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय माग एवं आपूर्तिको स्थिति, उत्पादकत्व वृद्धिको प्रचुर संभावना र निर्यात प्रवद्र्धनमार्फत अर्थतन्त्रको दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा पुग्न सक्ने योगदानका विषयमा लामो अध्ययन तथा विश्लेषणसहित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेशन अफ नेपाल एक्पोटर्स एसोसिएशनद्वारा तयार गरिएको आत्मनिर्भर अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु नामक पुस्तक विमोचन गरी सार्वजनिक गरिएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले श्रावण १५ गते आयोजना गरेको कार्यक्रममा मुख्य सचिव डा. बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल, उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. रमेशचन्द्र पौडेल,...

सिबिफिन र एनबिआईले ७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने

सिबिफिन र एनबिआईले ७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्च्यिुट (एनबिआई) वीच ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन (Provincial Business Summit) आयोजना गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । स्थानीय/प्रदेश सरकार र सरोकारवाला संघ/संस्थाहरुसँगको साझेदारीमा यही २०८० सालभित्र ७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन (Business Summit) सम्पन्न गर्ने गरी भएको उक्त सम्झौता पत्रमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालकोतर्फबाट अध्यक्ष पवन कुमार गोल्यान र नेपाल बिजनेस इन्स्च्यिुटकोतर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गर्नुभएको छ । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बैंकिङ क्षेत्रको सुधार, विकास एवं स्तरोन्नति, पूँजी निर्माण, सुरक्षित लगानीका नयाँ क्षेत्रहरुको पहिचान तथा लगानी विस्तार, बैंकिङ पहुँच तथा...