बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका नवनियुक्त माननीय उपाध्यक्ष डा. गुणाकर भट्टसमक्ष यही वैशाख ४ गते शुक्रबार सिंहदरबारमा भेटघाट गरी हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बधाई भेटमा सिबिफिन प्रतिनिधि मण्डलले उपाध्यक्ष डा. भट्टसँग समसामयिक आर्थिक परिवेश र समग्र बैंकिङ क्षेत्रको विषयमा सघन छलफलसमेत गरेको छ । भेटमा सिबिफिन अध्यक्ष श्रेष्ठले सिबिफिनले गर्दै आएका कामहरुबारे जानकारी गराउँदै राष्ट्रिय अर्थतन्त्रको विकासमा सबैको हातेमालो जरुरी रहेको बताउनुभयो । बैंक तथा वित्तीय संस्थामा जम्मा भएको रकमलाई राष्ट्र विकासमा लगाउन र समग्र विकासमा बैंकिङ क्षेत्रमा रहेको पूँजी प्रयोग गर्न सकिने...
News
अर्थमन्त्री डा. वाग्लेसँग सिबिफिन प्रतिनिधिमण्डलको बधाई भेट, कानुनी सुधारको प्रतिवद्धता
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष यही चैत २६ गते बुधबार सिंहदरबारमा भेटघाट गरी हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बधाई भेटमा सिबिफिन प्रतिनिधि मण्डलले अर्थमन्त्री डा. वाग्लेसँग वर्तमान आर्थिक अवस्था, सरकारी अर्थनीति र समग्र बैंकिङ क्षेत्रको विषयमा सघन छलफलसमेत गरेको छ । सिबिफिन अध्यक्ष श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रको समग्र विकासमा वित्तीय क्षेत्र मेरुदण्डको रुपमा रहेको भन्दै देश विकासमा हातेमालो गर्न बैंक तथा वित्तीय संस्थाहरु तयार रहेको जानकारी गारउनुभयो । आगामी बजेटमार्फत बैंक तथा वित्तीय क्षेत्रलाई साथमा लिएर तीव्र आर्थिक वृद्धि सम्भव रहेको उहाँले धारणा...
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल चयन
बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो । सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी वा सदस्यहरु निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाहरुको संचालक समितिबाट बहिर्गमन भएसँगै सिबिफिन कार्यसमितिमा बहाल पद स्वतः समाप्त हुने व्यवस्था रहेको छ । परिसंघका कार्यवाहक अध्यक्ष श्री राजेश उपाध्यायको अध्यक्षतामा यही माघ ६ गतेका दिन सम्पन्न कार्यसमितिको १५औँ बैठकबाट बाँकी कार्यकालका लागि सर्वसम्मत रुपमा मनोनीत हुनुभएका श्रेष्ठ नेपालको बैंकिङ एवं वित्तीय क्षेत्रका एक...
बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरुको पहिचान र ठोस समाधानसहितका सुझाव पेश गर्न लागि गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले हार्दिक स्वागत गरेको छ । नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष रहेको छ । सरोकारवालाहरुसँग सघन छलफल तथा संवाद गर्दै बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौतीहरुको चुरोमा पुगेर वास्तविक वस्तुस्थिति बुझ्नका लागि नेपाल राष्ट्र बैंकबाट भइरहेको स्थलगत भ्रमण तथा अध्ययन, व्यवस्थापन/सुपरिवेक्षणलाई प्रभावकारी बनाउने र विगतका नीतिहरुको समीक्षा गर्ने, हालै जारी वित्त नीतिको मर्म, वर्तमान आवश्यकता एवं...
नवनियुक्त गभर्नर डा. पौडेललाई सिबिफिनको बधाई तथा शुभकामना
नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुनुभएका डा. विश्वनाथ पौडेलज्यूसमक्ष मिति २०८२ जेठ १२ गतेका दिन भेटघाट गरी सिबिफिनको तर्फबाट अध्यक्ष श्री उपेन्द्र पौडेलज्यूको नेतृत्वको सिबिफिन टोलीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । उक्त भेटघाटका क्रममा अध्यक्ष पौडेलज्यूले नेपालको बैंकिङ क्षेत्र इतिहासकै कठिन मोडमा उभिरहेको बेला आर्थिक एवं बैंकिङ क्षेत्रलाई निकै नजिकबाट नियाल्दै आउनुभएका, अर्थशास्त्रसहित कृषिस्रोत, स्रोत व्यवस्थापन, श्रम अर्थतन्त्र र आर्थिक इतिहासका ज्ञाता राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण निकाय तथा संघसंस्थाहरुको उच्च पदमा रही कुशल कार्यक्षमता र नेतृत्व प्रदान गर्नुभएका काविल व्यक्तित्वलाई गभर्नरको रुपमा पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो । उहाँले मुलुकको पछिल्लो बैंकिङ अवस्था, समस्या एवं चुनौती र...
बाफिया विधेयकमाथि संसदीय समितिको छलफल बैठकमा सिबिफिनको ओझपूर्ण प्रस्तुति
संघीय ससद्को प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा दफाबार छलफलमा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधयेक, २०७३ माथिको संशोधन विधयेक, २०८० ले ल्याएका संशोधनका प्रावधानहरुका विषयमा सरोकारवालाहरुको धारणा र सुझाव लिने उद्देश्यसहित मिति २०८२ जेठ ७ गते, बुधबारका दिन अर्थसमितिद्वारा आयोजित बैंठकमा अध्यक्ष श्री उपेन्द्र पौडेलज्यूको नेतृत्वको सिबिफिन टोली सहभागी भइ प्रस्तावित प्रावधानहरु लगायतका विषयमा संस्थागत धारणा र सुझावहरु सशक्त रुपमा राखेको थियो । अर्थ समितिका माननीय सदस्यज्यूहरु, विज्ञहरु– पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, पूर्व अर्थसचिव श्री रामेश्वर खनाल, एनबिए, डिब्यान, एनएफआईए, एनएमबिएका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त छलफल बैठकमा प्रारम्भमै अध्यक्ष श्री उपेन्द्र पौडेलज्यूले नेपालको बैंकिङ क्षेत्रको विकास, विस्तार, योगदान, वर्तमान अवस्था,...
सिबिफिनको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, पौडेल नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौं – “उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार” भन्ने मूल नाराका साथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारण सभा मिति २०८१ पुस १९ गते शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा प्रमुख अतिथि श्री दामोदर भण्डारीज्यूले साधारण सभाको समुद्घाटन गर्नुभएको थियो । समुद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै मन्त्री दामोदर भण्डारीज्यूले देशको वर्तमान स्थिति र आवश्यकता बमोजिम कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधि, नवप्रवर्तनको विकास र ग्रामिण तथा दुर्गम क्षेत्रका साना, घरेलु तथा मझौला उद्यम तथा उद्यमीहरुको विकास एवं स्तरोन्नतिमा बैंक तथा...
मौद्रिक नीति सन्तुलित र समयसापेक्ष : सिबिफिन
काठमाडौं । मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले आ.व. २०८१/८२ को लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित र समयसापेक्षरुपमा आएको छ । समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको आत्मविश्वासलाई जागृत गराउँदै विगत केही वर्षयता शिथिल हुँदै आएका आर्थिक गतिविधि र अर्थतन्त्रलाई जीवन्त बनाउँदै आर्थिक एवं वित्तीय क्षेत्रको स्थायित्व र दिगो विकासका लागि मौद्रिक नीतिबाट हुन सक्ने र गर्न सकिने नीति अबलम्वन गरिनु र अपक्षाकृतरुपमा सहजीकरणको प्रयास गरिनुले आमरुपमा आशा, भरोसा र विश्वास जगाएको छ । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा...
उपप्रधान एवं अर्थमन्त्री र सिबिफिन टोलीबीच भेटघाट, दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्र प्रसाद पौडेलज्यूको नेतृत्वको टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेलज्यूसमक्ष २०८१ श्रावण ८ गतेका दिन भेटघाट गरी हार्दिक बधाई तथा शुभकामना ज्ञापनसहित समसामयिक विषयहरुमा छलफल समेत गरेको छ । परिसंघको तर्फबाट बधाई तथा शुभकामना ज्ञापन गदै अध्यक्ष उपेन्द्र पौडेलले, लगानी र व्यवसायमैत्री नीति र वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक संकुचन आएको, वित्तीय संस्थाहरुको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीयरुपमा वृद्धि भएको, पूँजीकोषमा दबाब परेको, बैंक तथा वित्तीय संस्थाका विरुद्ध अफवाह फैलाउने र कर्जा नर्तिनका लागि गरिएका दुरुत्साहनका कार्यहरु निरुत्साहित हुन नसकेको, प्रस्तावित बाफियाका केही नीतिगत प्रावधानहरुले बैंकिङ...
सिबिफिन र एनबिआईले दोस्रो संस्करणको नेपाल बिजनेस समिट आयोजना गर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)बीच दोस्रो संस्करणको नेपाल व्यवसाय शिखर सम्मेलन, २०८१ (Nepal Business Summit 2024) आयोजना गर्ने समझदारी भएको छ । शिखर सम्मेलन आगामी असारमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेतको सहकार्यमा सिबिफिन र एनबिआईले संयुक्त रुपमा काठमाडौंमा आयोजना गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्मेलन आयोजनासम्बन्धी समझदारीपत्रमा बुधबार सिबिफिनका उपाध्यक्ष कुश प्रसाद मल्ली र एनबिआईको तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गर्नुभयो । सिबिफिनको कार्यालय सुन्धारामा सम्पन्न भएको हस्ताक्षर समारोहमा सिबिफिन महासचिव प्रचण्डबहादुर श्रेष्ठ र एनबिआईका कार्यक्रम निर्देशक धर्मराज रेग्मीको विशेष उपस्थिति रहेको थियो । निजी...









