नेपालको बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पूँजीको समग्र अवस्था, आम विद्यार्थीहरुको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादन एवं उपयोगका लागि उत्कृष्ट पाठ्यक्रम निर्माण तथा कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयवीच सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा सिबिफिनकोतर्फबाट...
Author: Damodar Shrestha (Damodar Shrestha)
सिबिफिन, एनबीआई तथा नेपाल सरकारको सहकार्यमा “नेपाल बिजनेस समिट, २०८०” सम्पन्न
काठमाडौँ, नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने मूल विषयमा मिति २०८० बैंशाख २४ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बिजनेस इन्ष्टिच्यूट र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आयोजित नेपाल बिजनेस समिट, २०८० व्यवस्थित, मर्यादित र सफलतापूर्वक सम्पन्न भएको छ ।
नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सिबिफिन र आईएमएफवीच छलफल
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट नेपालमा आएको मिसन टोलीका प्रमुख श्री जार्को टुरुनेनको टोलीसँग बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को नेतृत्वले यही फाल्गुण १० गते, बुधवारका दिन भेटवार्ता गरि नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सघन छलफल गरेको छ ।
सिबिफिनको तेस्रो वार्षिक साधारण सभाबाट निर्वाचित दोस्रो कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण तथा पदबहाली कार्यक्रम
काठमाडौं निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले सर्वसम्मत चयन भएको देहायको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको घोषणा गर्नुभएको थियो ।
बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न साथै नयाँ कार्यसमितिको सर्वसम्मत चयन
काठमाडौं – “उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार” भन्ने मूल नाराकासाथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारण सभा मिति २०७९ पौष २४ गते सफलतापूर्वक सम्पन्न भएको छ । उक्त साधारण सभाले एनएमबी बैंकका अध्यक्ष श्री पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको...
CBFIN’s meeting with Right Hon’ble President Vidya Devi Bhandari
KATHMANDU, DECEMBER 29 – CBFIN team meets with Right Hon’ble President of Nepal Ms. Bidya Devi Bhandari and briefed about CBFIN’s activities related to banking and financial institutions, initiatives taken by CBFIN with related stakeholders for making the economy resilient in turbulent times.
‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ आयोजना हुन
पौष ६, काठमाडौं । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीतामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित सातै प्रदेशमा वृहत नीति संवाद तथा प्रदर्शनी र संघीयस्तरमा अन्तराष्ट्र्रिय ढाँचामा आयोजना...
नेपालको अर्थतन्त्रका चुनौतीका वारेमा सिबिफिन र आईएमएफवीच छलफल
मंसिर १६ गते, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग गते भेटघाट तथा छलफल गरेको छ ।
‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गरिने
भाद्र १६ गते, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को आर्थिक सहयोगमा ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ । नाफिजका अध्यक्ष श्री मोदनाथ ढकाल र सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानले बिहीबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सिबिफिन र एक्यानवीच सम्झौता सम्पन्न
भाद्र १० गते, काठमाडौं । काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) वीच आर्थिक एवं वित्तीय क्षेत्रका विविध विषयहरुमा अध्ययन तथा अनुसन्धान गर्ने र सो का आधारमा अर्थतन्त्र एवं बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं दिशाबोध गर्नका लागि नीतिगत बहस तथा पैरवी गर्ने विषयमा सम्झौता सम्पन्न भएको...









