सिबिफिन, एनबीआई तथा नेपाल सरकारको सहकार्यमा “नेपाल बिजनेस समिट, २०८०” सम्पन्न

सिबिफिन, एनबीआई तथा नेपाल सरकारको सहकार्यमा “नेपाल बिजनेस समिट, २०८०” सम्पन्न

काठमाडौँ, नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने मूल विषयमा मिति २०८० बैंशाख २४ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बिजनेस इन्ष्टिच्यूट र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आयोजित नेपाल बिजनेस समिट, २०८० व्यवस्थित, मर्यादित र सफलतापूर्वक सम्पन्न भएको छ ।

विश्व अर्थतन्त्र नै सुस्ताएको अर्थात्मन्दितर्फ उन्मूख भइरहेको वर्तमान अवस्थामा नेपाली अर्थव्यवस्था समेत कठिन स्थितिबाट गुज्रिरहेको सन्दर्भमा आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम र मौद्रिक नीतिको तर्जुमा हुँदै गरेको अवस्था छ । समग्र अर्थतन्त्र विषम परिस्थितिबाट गुज्रिदै गर्दाको प्रतिकुल अवस्थालाई अनुकुल बनाउने अत्यन्तै निर्णायक मोडमा राष्ट्र उभिरहेको बेला आयोजित उक्त शिखर सम्मेलनमा चिन्ता, चासो र सरोकारसहित सरकार, निजी क्षेत्र, वरिष्ठ अर्थशास्त्री, विषयविज्ञ, कुटनैतिक एवं दातृ निकाय र संचारजगत क्षेत्रका उच्च तहबाट भएको सघन उपस्थिति, आर्थिक क्षेत्रका जल्दाबल्दा विभिन्न विषयवस्तुमाथि भएका रचनात्मक बहस र सहभागीहरुबाट प्राप्त बहुमूल्य सुझावहरुले सम्मेलनको आवश्यकता र औचित्यलाई पुष्टि गरेको छ । नेपाल सरकार तथा मातहतका निकायहरुलाई मैत्रीपूर्ण नीतिगत छलाङ्गसहित स्पष्ट योजना तथा कार्यक्रम, प्रभावकारी कार्यान्वयनका सरलीकृत प्रशासनिक विधि एवं प्रक्रिया अवलम्बन गर्न, दृढ अठोट, इच्छाशक्ति र आत्मविश्वासहित सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्दै अगाडि बढ्न दिशाबोध गरेको छ । सम्मेलनको दौरानमा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय पूर्व प्रधानमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू, माननीय उद्योग मन्त्रीज्यू, प्रतिनिधि सभाका माननीय सदस्यज्यूहरु, श्रीमान् गभर्नरज्यू तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीज्यूहरुबाट व्यक्त दृढ अठोट एवं प्रतिबद्धता, अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा निकालिएका तार्किक निष्कर्षहरु र तिव्र आर्थिक गतिविधिहरुको संचालन गर्दै दिगो आर्थिक विकास र सबल एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एकाकार भइ अगाडि बढ्ने आम सहभागीहरुको ऐक्यवद्धता र दृढ प्रतिबद्धताहरुले आम जनता र राष्ट्रको आर्थिक रुपान्तरण गर्ने अभियानमा सरिक हुन सबै तत्पर रहेको प्रसङ्ग यस सम्मेलनले संकेत गरेको छ । त्यसैगरी उक्त सम्मेलनको क्रममा राखिएका विषयगत÷क्षेत्रगत बहस सत्रहरुमा संलग्न सहभागीहरुवीच भएको सघन छलफल, बहस तथा अन्तरक्रियामार्फत औल्याइएका नविन सोचहरुले पनि आर्थिक एवं बैंकिङ क्षेत्रसहित समग्र राष्ट्रको सर्वाङ्गिण हित एवं उन्नति र समृद्धिकोनविन ढोका खोल्न पथ प्रदर्शन गरेको छ । यसै सन्दर्भमा नेपाल सरकार तथा मातहतका निकायका उच्च राजनीतिक एवं प्रशासनिक व्यक्तित्वहरुबाट प्राप्त प्रतिबद्धता र सहभागीहरुबाट प्राप्त बहुमूल्य सुझावहरुलाई संश्लेषण गरी यस सम्मेलनले तपसिलमा उल्लेखित १९ बुंदे घोषणा पत्रजारी गरेको व्यहोरा आमरुपमा जानकारी गराउन चाहन्छौं ।