काठमाडौं । माघ १९– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल बैंकर्स एसोसिएसनको ३५ औं साधारण सभाबाट सर्वसम्म्मतरुपमा चयन भएको नवनिर्वाचित कार्यसमितिका अध्यक्षसहितको टोलीलाई मिति २०७८ माघ १९ गतेका दिन सिबिफिनको कार्यालय, सुन्धारामा सम्मानसहित बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
Category: News
सिबिफिनका पदाधिकारीहरु र पूर्व अर्थमन्त्री तथा माननीय श्री सुरेन्द्र पाण्डेवीच भेटघाट तथा छलफल
काठमाडौं । माघ ७– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का पदाधिकारीहरु र र प्रतिनिधि सभाका माननीय सदस्य एवं पूर्व अर्थमन्त्री श्री सुरेन्द्र पाण्डेज्यूवीच आज मिति २०७८ माघ ७ गते, शुक्रवारका दिन सिबिफिन कार्यालय, सुन्धारामा भेटघाट तथा छलफल भएको छ । आर्थिक एवं वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा सहकार्य, दिगो आर्थिक एवं वित्तीय क्षेत्रको...
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को दोस्रो वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । पौष २६– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को दोस्रो वार्षिक साधारणसभा सिबिफिनको कार्यालय, सुन्धारामा सम्पन्न भएको छ । सोही अवसरमा सिबिफिनले माननीय अर्थमन्त्रीबाट नवनिर्मित कार्यालय समेत उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारीका कारण अर्थतन्त्रमा चुनौति देखापरेको बताउनुभयो । अर्थतन्त्रमा...
क, ख ग वर्गका बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित अध्ययन प्रतिवेदन सार्वजनिक
पौष १६, काठमाडौं । नेपालमा संचालित क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था, भूमिका, कार्यक्षेत्र योगदान, समस्या एवं चुनौतीहरुसहित दक्षिण एसियाली मूलुकहरुले अपनाएको बैंकिङ अभ्यास तथा अवस्थाका विषयमा अध्ययन तथा अनुसन्धान गर्नको लागि सिबिफिन कार्यसमितिका उपाध्यक्ष श्री राजेश उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको सुझावसहितको अध्ययन प्रतिवेदन, मिति २०७८ पौष १६ गते...
सिबिफिनद्वारा राष्ट्र बैंकका गभर्नरलाई सम्मान तथा अध्ययन प्रतिवेदन पेश
पौष १३, काठमान्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीज्यूलाई 42nd SAARCFINANCE Governors’ Group Meeting ले SAARCEFINANCE को अध्यक्ष पदमा चयन हुनुभएको सुखद अवसरमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पदाधिकारीज्यूहरुको टोलीले मिति २०७८ पौष १३ गते, गभर्नरज्यूकै कार्यकक्षमा भेटघाट गरी बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।
उद्योग भन्दा व्यापारमा ऋण दिन सजिलो, अब मझौला उद्योगको प्रवर्द्धन गर्छौ: अध्यक्ष गोल्यान
काठमाडौं । नेपाल उद्योग परिसंघले बैक तथा वित्तिय संस्था परिसंघ नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेको छ । कार्यक्रममा बैंक तथा वित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले आगामी दिनमा सिएनआई र सिविफिनले संस्थागत सहयोग र सहकार्यको कार्यलाई तदारुकताका साथ अगाडि बढाउने धारणा व्यक्त गर्नुभयो । कतिपय अवस्थामा उद्योगमैत्री ऋण प्रवाहको व्यवस्था नभएको र उद्योग सञ्चालन...
धितोपत्र बोर्डले लगानीकर्तामा मनोवैज्ञानिक त्रास उत्पन्न नहुनेगरी काम गर्नुपर्छ
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीहरूको नामसहित प्रकाशित गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । व्यक्ति एवम् समूहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सूचीकृत संस्थाहरूको कामकारवाहीको वृहत अध्ययन, अनुगमन र मूल्याङ्कन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत...
सेयरमा वैदेशिक लगानी भित्र्याएमा बजार स्थिर हुनेछः पवन गोल्यान
पवन गोल्यान सरकारले केही वर्ष अगाडि एकद्वार प्रणाली बनायो । तर, उक्त सिस्टमले पोस्टम्यानको जस्तै काम गरिरहेको हुनाले कुनै परिणाम ल्याएको छैन । अहिले कुनै पनि उद्योग सञ्चालनको लागि कम्तिमा ३ महिनादेखि ६ महिनासम्म कुर्नुपर्ने बाध्यता छ । यसको समाधानको लागि जबसम्म समयावधि तोकेर एकद्वार प्रणाली वास्तवमा प्रभावकारी बनाउँदैन । तबसम्म एकद्वार प्रणालीको कुनै औचित्य छैन ।...
‘विकासका लागि पुँजीगत खर्च र वैदेशिक लगानी वृद्धि आवश्यक’
लुकको आर्थिक विकासका लागि पुँजीगत रकमको खर्च र प्रत्यक्ष वैदेशिक लगानी वृद्धि गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्। त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग र बैंक तथा वित्तीय संस्था परिसंघले मंगलबार राजधानीमा आयोजना गरेको सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी विषयक कार्यशाला गोष्ठीका वक्ताले सो धारणा राखेका हुन्। वक्ताले विकासनिर्माणका आयोजनामा निर्माणको सुस्त गति...
सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी विषयक कार्याशाला गोष्ठी
त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागको आयोजना, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) तथा विश्वविद्यालय अनुदान आयोग, नेपालको आर्थिक सहयोगमा मिति २०७८ आश्विन ५ गते, मंगलवारका दिन काठमाडौं, गैह्रीधारास्थित एलिस रिसेप्सन्समा सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष बैंदेशिक लगानी विषयक एकदिने कार्याशाला गोष्ठी सम्पन्न भयो । प्रमुख अतिथि माननीय अर्थमन्त्री श्री जनार्दन शर्मा ज्यूले...









