सिबिफिनमा विधान संशोधनसँगै रिक्त भएका पदमा पदाधिकारी सर्वसम्मत चयन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनयन भएको छ । चौथो वार्षिक साधारणसभाबाट संशोधित र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट स्वीकृत संस्थाको विधानअनुसार कार्यसमितिमा रिक्त भएका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष पदमा मनोनयन भएको हो । विधानबमोजिम कार्यसमितिको दुईवर्षे कार्यकाल...
Category: News
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को उपमहानिर्देशकमा श्री रोशन कोइराला नियुक्त
सिबिफिनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको अग्रणी संस्था– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को उपमहानिर्देशक पदमा रोशन कोइराला नियुक्त गरी हाललाई कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको छ । नेपालको एक अग्रणी वाणिज्य बैंकबाट भर्खरै मात्र स्वेच्छिक अवकास लिनुभएका कोइरालाले वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकसम्मको पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको छ...
सिबिफिनद्वारा बिजनेस समिटको प्रतिवेदन सार्वजनिक तथा लेखलेखन प्रतियोगिताका विजयी पत्रकारहरुलाई पुरस्कार प्रदान
बैक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममार्फत गत बैशाख २४ गते सम्पन्न नेपाल बिजनेश समिट, २०८० को निष्कर्ष प्रतिवेदनको सार्वजनिक तथा लेखलेखन प्रतियोगिताका विजेता पत्रकारहरुलाई पुरस्कृत गरिएको छ । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री रमेश रिजालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममार्फत सार्वजनिक गरिएको प्रतिवेदनमा...
आईएमएफको मिसन टोली र सिबिफिनवीच भेटघाट तथा छलफल
“आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा स्तरोन्नतिका लागि नेपालले तय गर्नुपर्ने मार्गहरुका विषयमा सघन छलफल” काठमाडौं । IMF Mission for 3rd Review under the Extended Credit Facility अन्तर्गत आईएमएफको मुख्यालयबाट श्री टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोली र सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानको नेतृत्वको टोलीवीच यही आश्विन १२ गते,शुक्रवारका दिन सिबिफिन कार्यालय, सुन्धारामा भेटघाट तथा छलफल...
गभर्नर महा प्रसाद अधिकारी र सिबिफिनवीच छलफल
गभर्नर महा प्रसाद अधिकारी र सिबिफिनवीच छलफल “तंग्रिदैं गरेको अर्थतन्त्रलाई थप गतिशिल र सुदृढ बनाउन सरोकारवाला सम्पूर्ण पक्ष गंभीर र जिम्मेवार हुन आवश्यक” काठमाडौं । समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा यही आश्विन ८ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ...
मौलिक उत्पादन सम्बन्धी अध्ययन पुस्तक सार्वजनिक, दिगो अर्थतन्त्रका लागि सुझावहरु कार्यान्वयन हुन जरुरी
काठमाडौं । नेपाली मौलिक उत्पादनहरुको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय माग एवं आपूर्तिको स्थिति, उत्पादकत्व वृद्धिको प्रचुर संभावना र निर्यात प्रवद्र्धनमार्फत अर्थतन्त्रको दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा पुग्न सक्ने योगदानका विषयमा लामो अध्ययन तथा विश्लेषणसहित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेशन अफ नेपाल एक्पोटर्स एसोसिएशनद्वारा तयार गरिएको आत्मनिर्भर अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु...
सिबिफिन र एनबिआईले ७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्च्यिुट (एनबिआई) वीच ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन (Provincial Business Summit) आयोजना गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । स्थानीय/प्रदेश सरकार र सरोकारवाला संघ/संस्थाहरुसँगको साझेदारीमा यही २०८० सालभित्र ७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन (Business Summit) सम्पन्न गर्ने गरी भएको उक्त सम्झौता पत्रमा...
“वातावरणीय, सामाजिक तथा सुशासन (ESG) प्रवद्र्धनका विषयमा सिबिफिन, डोल्मा कन्सल्टिङ र आईआईएनवीच सम्झौता सम्पन्न”
काठमाडौं । Environmental, Social and Governance (ESG) सँग सम्बन्धित गतिविधिहरुको संचालनका लागि संयुक्तरुपमा सहकार्य गर्ने गरी बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), डोल्मा कन्सल्टिङ र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) वीच २०८० असार २१ गतेका दिन सम्झौता सम्पन्न भएको छ । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान, डोल्मा कन्सल्टिङका प्रबन्ध निर्देशक जोसेफ सिल्भानस र आईआईएनका प्रमुख...
“बैंक तथा वित्तीय बिषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न सिबिफिन र पूर्वाञ्चल विश्वविद्यालयवीच सम्झौता, दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादन एवं उपयोगका लागि अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गरी लागू गरिने”
नेपालको बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पूँजीको समग्र अवस्था, आम विद्यार्थीहरुको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादन एवं उपयोगका लागि उत्कृष्ट पाठ्यक्रम निर्माण तथा कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयवीच सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा सिबिफिनकोतर्फबाट...
सिबिफिन, एनबीआई तथा नेपाल सरकारको सहकार्यमा “नेपाल बिजनेस समिट, २०८०” सम्पन्न
काठमाडौँ, नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने मूल विषयमा मिति २०८० बैंशाख २४ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बिजनेस इन्ष्टिच्यूट र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आयोजित नेपाल बिजनेस समिट, २०८० व्यवस्थित, मर्यादित र सफलतापूर्वक सम्पन्न भएको छ ।









