News

Home / News
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल चयन

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल चयन

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो । सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी वा सदस्यहरु निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाहरुको संचालक समितिबाट बहिर्गमन भएसँगै सिबिफिन कार्यसमितिमा बहाल पद स्वतः समाप्त हुने व्यवस्था रहेको छ । परिसंघका कार्यवाहक अध्यक्ष श्री राजेश उपाध्यायको अध्यक्षतामा यही माघ ६ गतेका दिन सम्पन्न कार्यसमितिको १५औँ बैठकबाट बाँकी कार्यकालका लागि सर्वसम्मत रुपमा मनोनीत हुनुभएका श्रेष्ठ नेपालको बैंकिङ एवं वित्तीय क्षेत्रका एक...

बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम

बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरुको पहिचान र ठोस समाधानसहितका सुझाव पेश गर्न लागि गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले हार्दिक स्वागत गरेको छ । नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष रहेको छ । सरोकारवालाहरुसँग सघन छलफल तथा संवाद गर्दै बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौतीहरुको चुरोमा पुगेर वास्तविक वस्तुस्थिति बुझ्नका लागि नेपाल राष्ट्र बैंकबाट भइरहेको स्थलगत भ्रमण तथा अध्ययन, व्यवस्थापन/सुपरिवेक्षणलाई प्रभावकारी बनाउने र विगतका नीतिहरुको समीक्षा गर्ने, हालै जारी वित्त नीतिको मर्म, वर्तमान आवश्यकता एवं...

नवनियुक्त गभर्नर डा. पौडेललाई सिबिफिनको बधाई तथा शुभकामना

नवनियुक्त गभर्नर डा. पौडेललाई सिबिफिनको बधाई तथा शुभकामना

नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुनुभएका डा. विश्वनाथ पौडेलज्यूसमक्ष मिति २०८२ जेठ १२ गतेका दिन भेटघाट गरी सिबिफिनको तर्फबाट अध्यक्ष श्री उपेन्द्र पौडेलज्यूको नेतृत्वको सिबिफिन टोलीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । उक्त भेटघाटका क्रममा अध्यक्ष पौडेलज्यूले नेपालको बैंकिङ क्षेत्र इतिहासकै कठिन मोडमा उभिरहेको बेला आर्थिक एवं बैंकिङ क्षेत्रलाई निकै नजिकबाट नियाल्दै आउनुभएका, अर्थशास्त्रसहित कृषिस्रोत, स्रोत व्यवस्थापन, श्रम अर्थतन्त्र र आर्थिक इतिहासका ज्ञाता राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण निकाय तथा संघसंस्थाहरुको उच्च पदमा रही कुशल कार्यक्षमता र नेतृत्व प्रदान गर्नुभएका काविल व्यक्तित्वलाई गभर्नरको रुपमा पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो । उहाँले मुलुकको पछिल्लो बैंकिङ अवस्था, समस्या एवं चुनौती र...

बाफिया विधेयकमाथि संसदीय समितिको छलफल बैठकमा सिबिफिनको ओझपूर्ण प्रस्तुति

बाफिया विधेयकमाथि संसदीय समितिको छलफल बैठकमा सिबिफिनको ओझपूर्ण प्रस्तुति

संघीय ससद्को प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा दफाबार छलफलमा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधयेक, २०७३ माथिको संशोधन विधयेक, २०८० ले ल्याएका संशोधनका प्रावधानहरुका विषयमा सरोकारवालाहरुको धारणा र सुझाव लिने उद्देश्यसहित मिति २०८२ जेठ ७ गते, बुधबारका दिन अर्थसमितिद्वारा आयोजित बैंठकमा अध्यक्ष श्री उपेन्द्र पौडेलज्यूको नेतृत्वको सिबिफिन टोली सहभागी भइ प्रस्तावित प्रावधानहरु लगायतका विषयमा संस्थागत धारणा र सुझावहरु सशक्त रुपमा राखेको थियो । अर्थ समितिका माननीय सदस्यज्यूहरु, विज्ञहरु– पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, पूर्व अर्थसचिव श्री रामेश्वर खनाल, एनबिए, डिब्यान, एनएफआईए, एनएमबिएका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त छलफल बैठकमा प्रारम्भमै अध्यक्ष श्री उपेन्द्र पौडेलज्यूले नेपालको बैंकिङ क्षेत्रको विकास, विस्तार, योगदान, वर्तमान अवस्था,...

सिबिफिनको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, पौडेल नेतृत्वमा नयाँ कार्यसमिति चयन

सिबिफिनको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, पौडेल नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं – “उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार” भन्ने मूल नाराका साथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारण सभा मिति २०८१ पुस १९ गते शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा प्रमुख अतिथि श्री दामोदर भण्डारीज्यूले साधारण सभाको समुद्घाटन गर्नुभएको थियो । समुद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै मन्त्री दामोदर भण्डारीज्यूले देशको वर्तमान स्थिति र आवश्यकता बमोजिम कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधि, नवप्रवर्तनको विकास र ग्रामिण तथा दुर्गम क्षेत्रका साना, घरेलु तथा मझौला उद्यम तथा उद्यमीहरुको विकास एवं स्तरोन्नतिमा बैंक तथा...

मौद्रिक नीति सन्तुलित र समयसापेक्ष : सिबिफिन

मौद्रिक नीति सन्तुलित र समयसापेक्ष : सिबिफिन

काठमाडौं । मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले आ.व. २०८१/८२ को लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित र समयसापेक्षरुपमा आएको छ । समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको आत्मविश्वासलाई जागृत गराउँदै विगत केही वर्षयता शिथिल हुँदै आएका आर्थिक गतिविधि र अर्थतन्त्रलाई जीवन्त बनाउँदै आर्थिक एवं वित्तीय क्षेत्रको स्थायित्व र दिगो विकासका लागि मौद्रिक नीतिबाट हुन सक्ने र गर्न सकिने नीति अबलम्वन गरिनु र अपक्षाकृतरुपमा सहजीकरणको प्रयास गरिनुले आमरुपमा आशा, भरोसा र विश्वास जगाएको छ । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा...

उपप्रधान एवं अर्थमन्त्री र सिबिफिन टोलीबीच भेटघाट, दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

उपप्रधान एवं अर्थमन्त्री र सिबिफिन टोलीबीच भेटघाट, दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्र प्रसाद पौडेलज्यूको नेतृत्वको टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेलज्यूसमक्ष २०८१ श्रावण ८ गतेका दिन भेटघाट गरी हार्दिक बधाई तथा शुभकामना ज्ञापनसहित समसामयिक विषयहरुमा छलफल समेत गरेको छ । परिसंघको तर्फबाट बधाई तथा शुभकामना ज्ञापन गदै अध्यक्ष उपेन्द्र पौडेलले, लगानी र व्यवसायमैत्री नीति र वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक संकुचन आएको, वित्तीय संस्थाहरुको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीयरुपमा वृद्धि भएको, पूँजीकोषमा दबाब परेको, बैंक तथा वित्तीय संस्थाका विरुद्ध अफवाह फैलाउने र कर्जा नर्तिनका लागि गरिएका दुरुत्साहनका कार्यहरु निरुत्साहित हुन नसकेको, प्रस्तावित बाफियाका केही नीतिगत प्रावधानहरुले बैंकिङ...

सिबिफिन र एनबिआईले दोस्रो संस्करणको नेपाल बिजनेस समिट आयोजना गर्ने

सिबिफिन र एनबिआईले दोस्रो संस्करणको नेपाल बिजनेस समिट आयोजना गर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)बीच दोस्रो संस्करणको नेपाल व्यवसाय शिखर सम्मेलन, २०८१ (Nepal Business Summit 2024) आयोजना गर्ने समझदारी भएको छ । शिखर सम्मेलन आगामी असारमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेतको सहकार्यमा सिबिफिन र एनबिआईले संयुक्त रुपमा काठमाडौंमा आयोजना गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्मेलन आयोजनासम्बन्धी समझदारीपत्रमा बुधबार सिबिफिनका उपाध्यक्ष कुश प्रसाद मल्ली र एनबिआईको तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गर्नुभयो । सिबिफिनको कार्यालय सुन्धारामा सम्पन्न भएको हस्ताक्षर समारोहमा सिबिफिन महासचिव प्रचण्डबहादुर श्रेष्ठ र एनबिआईका कार्यक्रम निर्देशक धर्मराज रेग्मीको विशेष उपस्थिति रहेको थियो । निजी...

उद्यमशीलता र वित्तीय पहुँच अभिवृद्धिका लागि बहुपक्षीय समझदारी

उद्यमशीलता र वित्तीय पहुँच अभिवृद्धिका लागि बहुपक्षीय समझदारी

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अगुवाई र नेपाल बिजनेश इन्ष्टिच्यूट (एनबिआई) सँगको सहकार्यमा प्रदेशस्तरमा उद्यमशीलताको विकास एवं प्रवर्द्धन, लगानी विस्तार, उत्पादकत्व एवं रोजगारी वृद्धि र वित्तीय पहुँच अभिवृद्धिका लागि नेपाल सरकारका निकाय र निजी क्षेत्रका प्रमुख संस्थाहरुले बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यता र सिबिफिनका संस्थापक अध्यक्ष पवन कुमार गोल्यान, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, गाउँगालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नेपाल उद्योग परिसंघका...

“सिबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल अध्यक्षमा सर्वसम्मत”

“सिबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल अध्यक्षमा सर्वसम्मत”

“सिबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल अध्यक्षमा सर्वसम्मत” बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालका अध्यक्ष पवनकुमार गोल्यानले पदबाट दिनुभएको राजीनामा मिति २०८० पौष २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको १५औँ बैठकले स्वीकृत गरेको छ । एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो । निवर्तमान अध्यक्ष गोल्यानकै विशेष अगुवाईमा वि.सं २०७६ सालमा स्थापित सिबिफिनको उहाँ संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । सिबिफिनको तदर्थ समितिको गठनदेखि हालसम्म उदाहरणीय नेतृत्व गर्दै आउनुभएका गोल्यानको चारवर्षे कार्यकालमा सिबिफिनले आफूलाई देशभित्र मात्र नभई...