CBFIN र FNEA वीच समझदारी सम्पन्न

CBFIN र FNEA वीच समझदारी सम्पन्न

काठमाडौं । फाल्गुण १६ – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्स्पटर्स एसोसिएसन (ल्ँभ्ब्) वीच स्वदेशी कच्चा पदार्थ एव उत्पादनहरु उपभोग तथा निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन लगानीका नयाँ क्षेत्रहरुको पहिचान, रोजगारी वृद्धि, नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तारसँगै आत्मनिर्भर अर्थतन्त्रको निर्माणलगायतका विषयमा अध्ययन तथा अनुसन्धान गर्ने गरी मिति २०७८ फाल्गुण १६ गते समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सिबिफिनको कार्यालय, सुन्धारामा आयोजित बैंठकमार्फत सिबिफिनकोतर्फबाट अधिकार प्राप्त महासचिव श्री केशवबहादुर रायमाझी र फेडेरेसन अफ नेपाल एक्स्पटर्स एसोसिएसनकोतर्फबाट अधिकार प्राप्त महासचिव श्री उत्तम प्रसाद गौतमले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

समझदारी पत्रमा सिबिफिनको आर्थिक सहयोगमा ल्ँभ्ब् मार्फत स्वदेशी श्रम एवं सीपमा आधारित कच्चा पदार्थ र उत्पादनलाई प्रवद्र्धन गर्दै विश्ववजार सामु चिनाउने, बजारीकरण गर्ने, प्रतिस्पर्धी बनाउने र नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने विषयमा अध्ययन गर्ने जनाइएको छ ।

आगामी चैत्र महिनाभित्र प्रतिवेदन तयार गर्ने गरी अध्ययन अनुसन्धानको कार्य अगाडि बढाइने र त्यसका लागि उपयुक्त कार्यविधि तर्जुमा गरिने जानकारी सिबिफिनका महानिर्देशक श्री गोपालप्रसाद तिवारीले दिनुभयो ।
सिबिफिनका महासचिव श्री केशवबहादुर रायमाझीको अध्यक्षता बसेको उक्त बैंठकमा सिबिफिनका महानिर्देशक श्री गोपाल प्रसाद तिवारी, ल्ँभ्ब् का कार्यकारिणी सदस्य श्री किशोर नेपाल र विज्ञ श्री कृष्णराज बजगाईको सहभागिता रहेको थियो ।