बाफिया विधेयकमाथि संसदीय समितिको छलफल बैठकमा सिबिफिनको ओझपूर्ण प्रस्तुति

बाफिया विधेयकमाथि संसदीय समितिको छलफल बैठकमा सिबिफिनको ओझपूर्ण प्रस्तुति

संघीय ससद्को प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा दफाबार छलफलमा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधयेक, २०७३ माथिको संशोधन विधयेक, २०८० ले ल्याएका संशोधनका प्रावधानहरुका विषयमा सरोकारवालाहरुको धारणा र सुझाव लिने उद्देश्यसहित मिति २०८२ जेठ ७ गते, बुधबारका दिन अर्थसमितिद्वारा आयोजित बैंठकमा अध्यक्ष श्री उपेन्द्र पौडेलज्यूको नेतृत्वको सिबिफिन टोली सहभागी भइ प्रस्तावित प्रावधानहरु लगायतका विषयमा संस्थागत धारणा र सुझावहरु सशक्त रुपमा राखेको थियो ।

अर्थ समितिका माननीय सदस्यज्यूहरु, विज्ञहरु– पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, पूर्व अर्थसचिव श्री रामेश्वर खनाल, एनबिए, डिब्यान, एनएफआईए, एनएमबिएका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त छलफल बैठकमा प्रारम्भमै अध्यक्ष श्री उपेन्द्र पौडेलज्यूले नेपालको बैंकिङ क्षेत्रको विकास, विस्तार, योगदान, वर्तमान अवस्था, र बाफिया विधयेकमा प्रस्तावित संशोधनका प्रावधानहरुले पार्ने दीर्घकालीन असरहरुका बारेमा संक्षिप्त चर्चा गर्दै, प्रस्तावित प्रावधानउपर सिबिफिनका प्रस्तुत सुझावहरुको सम्बोधनको आवश्यकता, औचित्य र उपयोगिताबारेका तर्कपूर्ण सृझावहरु सटिक र सपाट रुपमा प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्षज्यूबाट सिबिफिनका सुझावहरु प्रस्तुत भएलगत्तै भएको छलफलमा अन्य संघ संस्थाका प्रतिनिधिले सिबिफिनका सुझावहरुप्रति मतैक्य प्रकट गर्नु, विज्ञबाट प्रस्तुत सुझावहरु र सिबिफिनबाट प्रस्तुत सुझावहरुमा करिब एकरुपता हुनु वा लय मिल्नु र उपस्थित प्रभावशाली माननीयज्यूहरुले समेत सिबिफिनको सुझाव र चिन्तन् मनन्प्रति सकारात्मक धारणा व्यक्त गर्नु छलफल बैंठकको सकारात्मक पक्ष रहेको अनुभूत गरिएको छ ।

उक्त विधयेकउपर आगामी दिनमा निरन्तर र व्यापक रुपमा छलफल भइरहने र उप्रान्तका छलफलहरुमा सिबिफिनलाई आवश्यकताका आधारमा बोलाइने जानकारी गराइएको थियो । उक्त बाफिया विधयेकका विषयमा आन्तरिक तथा बाह्यरुपमा अझ व्यापक रुपमा छलफल तथा बहस गरी गराइ बैंक तथा वित्तीय संस्थामैत्री बनाउनका लागि सिबिफिनको भग्मदुर प्रयास र पहल निरन्तर जारी रहेको छ ।