सिबिफिन र पूर्व अर्थमन्त्री फोरमवीच भेटघाट तथा छलफल

सिबिफिन र पूर्व अर्थमन्त्री फोरमवीच भेटघाट तथा छलफल

काठमाडौं । माघ २९– देशको वर्तमान अवस्थाका साथै बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्या, आगामी बजेट तथा समसामयिक विषयहरुमा केन्द्रित रही पूर्व अर्थमन्त्रीज्यूहरु र सिबिफिनका पदाधिकारी तथा सदस्यहरुवीच आज मिति २०७८ माघ २९ गते, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यालय, सिटिसी मल, सुन्धारामा भेटघाट तथा छलफल सम्पन्न भयो ।

उक्त बैंठकमा सहभागी हुनुभएका माननीय पूर्व अर्थमन्त्रीहरुलाई सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष श्री भोजबहादुर शाहलगायतका पदाधिकारी तथा सदस्यहरुले स्वागत गर्नुभएको थियो ।
स्वागत मन्तव्य राख्ने क्रममा अध्यक्ष गोल्यानले रेमिट्यान्स बढाउने, पूँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तारमा सिबिफिन लागिपरेको बताउँदै समग्र बैंक तथा वित्तीय क्षेत्रको सुधारसँगै देशको दिगो आर्थिक विकास गर्ने विषयहरुमा पूर्व अर्थमन्त्री फोरमसँग सिबिफिन सहकार्य गर्न इच्छुक रहेको जानकारी गराउनुभयो ।
त्यसैगरी नीतिगत विषयहरुमाथिको अध्ययनसहित अन्य आर्थिक विषयहरुमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालसँग सहकार्य गर्ने विषयमा आगामी दिनमा आपसमा थप छलफल तथा अन्तरक्रियाको कार्यलाई निरन्तरता दिने पूर्व अर्थमन्त्रीहरुको धारणा रहेको थियो ।

उक्त बैंठकमा पूर्व अर्थमन्त्रीहरु माननीय डा. रामशरण महत, माननीय सुरेन्द्र पाण्डे, माननीय वर्षमान पुन, माननीय डा. प्रकाशचन्द्र लोहनी, सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष श्री भोजबहादुर शाह, सचिव श्री कुशप्रसाद मल्ली, सदस्यहरु श्री उपेन्द्रकेशरी न्यौपाने, श्री उपेन्द्रप्रसाद पौडेल र महानिर्देशक गोपालप्रसाद तिवारीको सहभागिता रहेको थियो ।