सिबिफिन र एडिबीले आत्मनिर्भर अर्थतन्त्रका लागि संयुक्तरूपमा काम गर्ने

सिबिफिन र एडिबीले आत्मनिर्भर अर्थतन्त्रका लागि संयुक्तरूपमा काम गर्ने

चैत्र ३, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (CBFIN) को नेतृत्व र एसियाली विकास बैंक, मनिलाबाट छोटो भ्रमणमा नेपाल आउनुभएका शीर्ष प्रतिनिधिमण्डलवीच मिति २०७८ चैत्र ३ गते, सोल्टीमोड, ताहाचलस्थित ह्यात प्लेस होटलमा विशेष अन्तरक्रियात्मक बैंठक सम्पन्न भएको थियो । विशेषतः नेपालको वर्तमान अर्थतन्त्रको अवस्था, बैंक तथा वित्तीय क्षेत्रको सुधार, घरेलु, साना तथा मझौला उद्योग, रोजगारी, पूँजी निर्माण र परिचालन, स्थानीय उत्पादनको प्रवद्र्धन तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र पूर्वाधार विकासलगायतका विषयमा सघन छलफल भएको थियो ।
सिबिफिनले आयोजना गरेको उक्त विशेष अन्तरक्रियात्मक बैठकमा दक्षिण एसिया मामिला हेरिरहनु भएका ADB मनिलाका उपमहानिर्देशक मनमोहन पर्काशले नविन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनहरुमा केन्द्रित हुँदै क्रेडिट, विश्वव्यापी बजारका अवसरहरू, अन्वेषण र नयाँ प्रविधि उपलब्ध गराइ देशको आफ्नै स्रोत साधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी नेपाललाई Infrastructure Financing Mechanism, Micro Entrepreneurship Development Project, SME Financing अबको दिनमा आवश्यक भएको कुरा उहाले बताउनुभयो ।
‘तीव्र आर्थिक गतिविधिहरुको संचालन, स्वउद्यमशीलताको विकास एवं पर्याप्त रोजगारीका अवसरहरु सृजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने साना तथा मझौला ब्यावसायीहरुलाई अन्तराष्र्टि«य मान्यताप्राप्त तालिमसहित विना धितो सहुलियतपूर्ण कर्जा, पूर्वाधारको विकास र बजार व्यवस्थापनसहितको सहयोग गरिनुपर्छ, तवमात्र कुनैपनि देशले आर्थिक फड्को मार्न संभव हुन्छ’ उहाँले भन्नुभयो ।
श्री पर्काशले कुनै प्रक्रियागत र कानुनी भन्झट बिना उचित ब्याजदरमा सहज कर्जा उपलब्ध भए मात्र उनीहरुको दीर्घकालीन विकास एवं विस्तार हुन्छ । अझ घरेलु, साना तथा मझौला उद्यमहरुमा विशेषतः महिला व्यवसायीहरुलाइृ अग्रसर गराउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “महिलालाई उपयुक्त सीप र सहज वित्तीय पहुचको माध्यमबाट ब्यबसाय प्रबर्धन गर्न सघाउ पु¥याएमा अर्थतन्त्रमा ठुलो सहयोग पुग्नेछ ।”
बैठकमा सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानले गहिरिदो आर्थिक संकटको घडीमा एडिबीले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विशेष अनुरोध गर्नुभयो । उक्त ऋण एडिबीले उपलब्ध गराएमा नेपालमा हाल देखिएको चरम तरलता अभावको समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने र वित्तीय पहुँचको अभाव झेलिरहेका एसएमइहरुलाई सहज ऋण उपलब्ध गराउन पनि सहजता प्रदान गर्ने बताउनुभयो । ‘हाल नेपालको आयात ४२ प्रतिशतभन्दा बढीले बढेको छ, रेमिट्यान्स निकै न्यून छ र बीओपी (BOP) पनि २४७ अरब ३ करोडले घाटामा छ । यस किसिमको संकटोन्मूख अवस्थामा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट नेपालका वाणिज्य बैंकहरूले व्यावसायिक ऋण ल्याउने विषयमा एडिबीको सहजीकरण आवश्यक रहेको र वित्तीय क्षेत्रलाई सुदृढ गर्न, निर्यात क्षमता बोकेका स्वदेशी उद्योगहरूलाई प्रबर्धन गर्न, प्रत्यक्ष च्यानलहरू मार्फत MSMEs लाई ऋणमा राम्रो पहुँच बनाउन एडिबीको आर्थिक सहयोग अपरिहार्य जस्तै भएको छ ।’ श्री गोल्यानले भन्नुभयो ।
सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले एडिबीबाट विशेष उपस्थिति जनाउनुभएका विशिष्ट अधिकारीहरुले राखेका फाराकिला अनुभव, विचार र धारणाले यस अन्तरक्रियात्मक बैठकमा विभिन्न संघ÷संस्थाहरुबाट सहभागी प्रतिनिधिहरुमा छुट्टै प्रकारको नविन सोच पलाएको, सकारात्मक ऊर्जा सहित मनोबल उच्च भएको र विशिष्ट अधिकारीहरुबाट प्राप्त सकारात्मक सन्देशहरुले नेपालको विकास–निर्माणमा संभावनाका नविन ढोकाहरु खोलेको बताउँदै, बैंक तथा वित्तीय क्षेत्रको सुधार, लगानीमैत्री नीति र वातावरण,SMEs/MSMEs को विकास एवं विस्तार, रोजगारी सृजना र आन्तरिक उत्पादनको प्रवद्र्धन एवं निर्यात, आयात प्रतिस्थापनसहित आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एडिबीको विशेष सहयोग आवश्यक रहेको र यस्ता कार्यहरुमा सिबिफिन सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर प्रताव राणाले स्वदेसी उत्पादनलाई प्रबर्धन र निर्यात गर्न सकिए नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताउँदै घरेलु, साना तथा मझौला उद्योगहरुको विकास एवं विस्तारमा एडिबीबाट सहयोग उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
एडिबी, मनिलाका निर्देशक श्री थियाम हि इंगले नेपाल र नेपाली व्यवसायीहरुले झेलीरहेका समस्याहरुले आफूलाई संवेदनशील बनाएको बताउँदै, नेपालको दिगो आर्थिक विकासका लागि सक्दो सहयोग उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।
सिबिफिनका अध्यक्ष श्री गोल्यानको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया बैंठकमा नेपाल उद्यमी महिला महासंघ, नेपाल हर्बल संघ, नेपाल राष्ट्रिय एलो उद्यमी संघ, नेपाल निर्यातकर्ता महासंघका प्रतिनिधिहरुले हाल नेपालमा रहेका घरेलु, साना तथा मझौला उद्योगहरुको अवस्था, नीतिगत एवं व्यवहारिक कठिनाइहरुका वारेमा संक्षिप्त जानकारी गराउँदै समस्याहरुको समाधानका लागि एडिबीले विशेष भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।