सिबिफिन, डिब्यान र एनएफआइएवीच छलफल तथा अन्तरक्रिया सम्पन्न

सिबिफिन, डिब्यान र एनएफआइएवीच छलफल तथा अन्तरक्रिया सम्पन्न

काठमाडौं । माघ २०- नेपालको आर्थिक तथा बैंकिङ क्षेत्रमा देखा परेको तरलता अभावका कारण र समाधानका उपायहरु विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले तयार गरेको अध्ययन प्रतिवेदनउपर छलफल तथा सुझाव संकलन गर्ने उद्देश्यले मिति २०७८ माघ २० गते, बिहिवारका दिन बैक तथा वित्तिय संस्था परिसंघ, नेपाल (सिबिफिन), डेभलप्मेन्ट बैंकर्स एसोसिएसन (डिब्यान) र नेपाल फाइनान्सियल इष्न्टिच्यूसन्स एसोसिएसनका पदाधिकारीहरुवीचको छलफल तथा अन्तरक्रिया बैंठक सम्पन्न भएको छ ।सिबिफिनका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता भोजबहादुर शाहले सहभागी सबैलाई स्वागत गर्दै तरलता अभाव सम्बन्धी अध्ययन प्रतिवेदनको महत्व, आवश्यकता र औचित्यमाथि प्रकाश पार्नुभयो । यस प्रतिवेदनलाई अझ बढि परिस्कृत बनाउन सरोकारवाला सबैंको रायसुझाव महत्वपूर्ण हुने र सिबिफिनले सम्बद्ध सबै पक्षहरुसँग छलफल गर्दै सुझाव संकलन गरिरहेको र यस बैंठकमार्फत समेत महत्वपूर्ण सुझावहरु प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

अध्ययन कार्यदलका सदस्य तथा बैंकिङ विज्ञ श्री बालनरसिंह घर्तीले प्रतिवेदनमा समेटिएका मुख्य विषयहरु पावरप्वाइन्टमार्फत प्रस्तुत गर्नुभएपछि उक्त प्रतिवेदनउपर सहभागी सबैले आ–आफ्नो राय राख्नुभयो । डिव्यान र एनएफआइएका प्रतिनिधिहरुले प्रतिवेदन समग्रमा उपयोगी बनेको र तरलता अभावका कारणहरु र समाधानका संभावित उपायहरु व्यवहारिकरुपमा औल्याइएको विचार व्यक्त गर्नुभयो ।

सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता श्री भोजबहादुर शाहको अध्यक्षतामा सम्पन्न उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा सिबिफिनकोतर्फबाट उपाध्यक्ष श्री राजेश उपाध्याय, महासचिव श्री केशवबहादुर रायमाझी, कार्यदलका संयोजक तथा सिबिफिनका सदस्य श्री उपेन्द्रप्रसाद पौडेल, कार्यदलका सदस्य श्री गोपालप्रसाद तिवारीको सहभागिता रहेको थियो भने डिब्यानकोतर्फबाट सचिव श्री बोधराज देवकोटा, कोषाध्यक्ष श्री प्रविण बस्नेत, सदस्यहरु श्री नरेशसिंह बोहोरा, श्री श्रीचन्द्र भट्ट, श्री उमेशकुमार आचार्य र गरिमा विकास बैंकका डिसिइयो श्री माधव आचार्यको सहभागिता रहेको थियो । त्यसैगरी ल्ँक्ष्ब् को तर्फबाट वरिष्ठ उपाध्यक्ष श्री सुनिल पन्त, महासचिव श्री अनिल श्रेष्ठ, कोषाध्यक्ष श्री उद्धवराज थपलिया, सदस्यहरु श्री सन्तोष निरौला, श्री लिलामणी न्यौपाने, समृद्धि फाइनान्स लि. का सिइयो श्री टिकानिधी लोहनी र पोखरा फाइनान्सका द्वितिय उपाध्यक्ष श्री रविचन्द्र गुरुङको सहभागिता रहेको थियो ।

बैंठकको विसर्जन गर्दै बैंठकका अध्यक्ष तथा सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले सशरिर तथा जुममार्फत सहभागी भै महत्वपूर्ण पृष्ठपोषण प्रदान गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।