सिबिफिनको समेत आयोजनामा एक्स्क्लुसिभ लिडरसिप कार्यक्रम सम्पन्न

सिबिफिनको समेत आयोजनामा एक्स्क्लुसिभ लिडरसिप कार्यक्रम सम्पन्न

बैशाख ११, काठमाडौं । विश्वविख्यात मोटिभेसनल स्पिकर तथा नेतृत्व विकासका प्रशिक्षक डा. विवेक बिन्द्राको उत्प्रेरक कार्यक्रम– एक्सक्लुसिभ लिडरसिप कार्यक्रम ह्यात प्लेस होटल, ताहाचल, काठमाडौंमा सम्पन्न भएको छ ।
९ विद्यामा गिनीज बुक अफ वोल्र्ड रेकर्डस् कायम गर्न सफल एवं चर्चित डा. विवेक विन्द्रद्वारा प्रशिक्षित उक्त कार्यक्रम विहान १० बजेदेखि बेलुका ५ः३० बजेसम्म संचालन भएको थियो ।

सिबिफिन, ज्ञानपुञ्ज स्कुल अफ लिडरसिप र जिनिअस इन्साइडर प्रा.ली.को संयुक्त सहकार्यमा आयोजित उक्त कार्यक्रममा बैंक तथा वित्तीय संस्था अध्यक्ष एवं संचालक, विभिन्न व्यवसायिक संघ÷संस्थाका नेतृत्वगण तथा उच्च व्यवस्थापकिय अधिकारीहरुको सघन उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेतृत्व विकास, उद्यम तथा व्यवसायहरुको पुनरोत्थान, नयाँ उद्यम तथा व्यवसायको संचालन र दीर्घकालिन रुपमा प्रगतिको पथमा कसरी लैजाने भन्ने विषयहरुमा डा. बिन्द्राले विशेष प्रशिक्षण दिनुभएको थियो ।
दुई सत्रमा विभाजित उक्त कार्यक्रमको पहिलो सत्रको समाप्तिपछिको मध्यान्तर समयमा बोल्दै सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता श्री भोजबहादुर शाहले विभिन्न व्यावसायिक एवं सेवामूलक क्षेत्रका उद्यमी–व्यवसायी तथा नयाँ उद्यम गर्न चाहनेहरुको लागि व्यवसायिक सफलताका लागि आवश्यक आशा, उत्साह, उत्प्रेरणा र हौसला मिलेको बताउनुभयो ।
सहभागीहरुको रिफ्रेसमेन्टका लागि कार्यक्रमको मध्यान्तरमा सहभागीहरुवीच अन्तरक्रिया समेत गराइएको थियो । उक्त अन्तरक्रियामा बोल्दै सिबिफिनका महानिर्देशक श्री गोपाल प्रसाद तिवारीले डा. विन्द्रबाट प्राप्त ज्ञान, सीप र कलाले नेपाली व्यवसायी र व्यवसायहरुको विकास एवं विस्तार गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । त्यसैगरी विभिन्न सहभागीहरुले समेत कार्यक्रम उपलब्धीमूलक रहको आ–आफ्ना धारणाहरु राखेका थिए ।

कार्यक्रमको समापनपछि सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानले डा. विवेक बिन्द्रालाई श्री पशुपतिनाथ र देवीहरुको चित्र अंकित मायाको चिनो प्रदान गर्दै विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।