बैंक तथा वित्तीय क्षेत्रको अध्ययन प्रतिवेदनमाथिको छलफल तथा अन्तरक्रिया कार्यक्रम

बैंक तथा वित्तीय क्षेत्रको अध्ययन प्रतिवेदनमाथिको छलफल तथा अन्तरक्रिया कार्यक्रम

आश्विन १५, काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको अवस्था, भूमिका एवं योगदान, चूनौति र आगामी मार्ग विषयहरुको अध्ययन तथा अनुसन्धानसहित तयार अध्ययन प्रतिवेदनमाथि रायसुझाव लिने उद्देश्यकाले बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष, संचालक तथा कार्यकारी प्रमुहरुको सहभागितामा मिति २०७८ आश्विन १५ गते, शुक्रवारका दिन अध्ययन प्रतिवेदनमाथिको छलफल तथा अन्तरक्रिया कार्यक्रम ठमेलस्थित एलफ्ट होटलमा सम्पन्न भयो । यस कार्यक्रमको अध्यक्षता सिविफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानले गर्नुभएको थियो भने कार्यक्रम संचालन सिविफिनका महासचिव श्री केशवबहादुर रायमाझीले गर्नुभएको थियो । सिविफिन कार्यालयका महानिर्देशक श्री गोपाल प्रसाद तिवारीलगायतका कर्मचारीहरुको चुस्त व्यवस्थापनमा आयोजित यस कार्यक्रममा सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, संचालकहरु, नेपाल बैंकर्स एसोसिएसन, विकास बैंक बैंकर्स संघ, वित्तीय संस्था संघका अध्यक्ष तथा प्रतिनिधी, प्रमुख कार्यकारी अधिकृतहरुलगायत करिब ५० जनाको सहभागिता रहेको थियो ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को कार्यसमितिको बैंठकले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’, वर्गका बाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीहरुको वर्तमान अवस्था र व्यवस्थाका विषयमा अध्ययन तथा अनुसन्धान गरी लिखित प्रतिवेदन तयार गर्न उपाध्यक्ष श्री राजेश उपाध्यायको संयोजनमा एक कार्यदल गठन गरी कार्यादेश दिएको थियो । प्राप्त कार्यादेश अनुसार कार्यदलले करिब ६ महिनासम्म सरोकारवाला पक्ष तथा ख्यातिप्राप्त अर्थविद्हरुसँग निरन्तर छलफल, अन्तरक्रिया र बैंठक आयोजना गरी तयार गरेको अध्ययन प्रतिवेदनमाथि अन्तिमपटक रायसुझाव लिने उद्देश्यले उल्लेखित अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सिविफिनका वरिष्ठ उपाध्यक्ष श्री भोजबहादुर शाहले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रम गर्नुको आवश्यकता तथा औचित्य सम्बन्धी जानकारी प्रस्तुत गर्दैै अध्ययन प्रतिवेदनलाई थप परिस्कृत बनाउनका लागि सहभागीहरुबाट अमूल्य सुझावहरु प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो । त्यसैगरी अध्ययन कार्यदलका संयोजक तथा सिविफिनका उपाध्यक्ष श्री राजेश उपाध्यायले कार्यदलले प्रतिवेदन तयार गर्दा अबलम्बन गरेका सिमाहरु, गतिविधिहरु र प्रतिवेदनमा समावेश गरिएका विषयहरुवारे संक्षिप्तमा प्रकाश पार्नुभयो ।

अध्ययन प्रतिवेदनमा समेटिएका मुख्य विषयहरु समावेश गरी तयार गरिएको कार्यपत्र अध्ययन कार्यदलका परामर्शकर्ता तथा बैंकिङविज्ञ श्री बिएन घर्तीले डिजीटल माध्यमबाट प्रतिवेदन समेटेका विषयबस्तुहरुको प्रस्तुतीमाथि जानकारी गराउनुभयो ।
टिप्पणीकारकारुपमा निम्त्याइएका नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष श्री भुवनकुमार दाहाल, विकास बैंक संघका अध्यक्ष प्रद्यूमन पोखरेल र वित्तीय संस्था संघका वरिष्ठ उपाध्यक्ष श्री सुनिल पन्तले प्रस्तुत कार्यपत्रमाथि आ–आफ्नो धारणा र सुझावहरु राख्दै सिविफिनले नेपालको बैंकिङ इतिहासमै पहिलोपटक यसरी बैंक तथा वित्तीय क्षेत्रको अध्ययन गरी उत्कृष्ट प्रतिवेदन बनाएकोमा धन्यवाद व्यक्त गर्नुभयो । त्यसैगरी सहभागी प्रतिनिधिहरुले समेत प्रस्तुत प्रतिवेदन बहुपयोगी बन्ने धारणासहितका सुझावहरु समेत राख्नुभयो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष श्री पवनकुमार गोल्यानले उपस्थित भइ महत्वपूर्ण रायसुझावहरु प्रदान गर्नुहुने र कार्यक्रममा टिप्पणीकारकोरुपमा उपस्थित भइ टिप्पणीसहितका सुझावहरु औल्याइदिनुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त सुझावहरुलाई समावेश गरी प्रतिवेदनलाई थप परिस्कृत बनाइने र नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकसहित राष्ट्रिय तथा अन्तराष्ट्र्रिय संस्थाहरुमा पेश समेत गरिने बताउनुभयो ।