उद्योग भन्दा व्यापारमा ऋण दिन सजिलो, अब मझौला उद्योगको प्रवर्द्धन गर्छौ: अध्यक्ष गोल्यान

उद्योग भन्दा व्यापारमा ऋण दिन सजिलो, अब मझौला उद्योगको प्रवर्द्धन गर्छौ: अध्यक्ष गोल्यान

काठमाडौं । नेपाल उद्योग परिसंघले बैक तथा वित्तिय संस्था परिसंघ नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेको छ ।

कार्यक्रममा बैंक तथा वित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले आगामी दिनमा सिएनआई र सिविफिनले संस्थागत सहयोग र सहकार्यको कार्यलाई तदारुकताका साथ अगाडि बढाउने धारणा व्यक्त गर्नुभयो ।

कतिपय अवस्थामा उद्योगमैत्री ऋण प्रवाहको व्यवस्था नभएको र उद्योग सञ्चालन भन्दा व्यापारमा ऋण प्रवाह सहजिकरण भईरहेको भन्दै उहाँले दुबै संस्था मिलेर साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनमा योगदान पु¥याउनु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले परिसंघले “मेक इन नेपालः स्वदेशी” अभियानलाई अगाडि बढाइरहेको जानकारी गराउनु भयो । यस अभियानले नेपालमा स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित परिसंघले’ अभियान सुरु गरेको बताउनु भयो । अभियानमा परिसंघले नेपालका नीजि क्षेत्रका अन्य संघ संस्थाहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने उहाँको भनाइ छ ।

अध्यक्ष मोरले बैंक तथा वित्तिय क्षेत्रका धेरै विषयहरु परिसंघले उठाउँदै आएको र परिसंघका सुझावहरुलाई नेपाल राष्ट्र बैंकले सकारात्मक रुपमा लिई धेरै सुझावहरुलाई मौद्रिक नीति मार्फत सम्बोधन गरेको जानकारी गराउनु भयो ।
उद्योग र बैंक तथा वित्तिय संस्था एक अर्काको पर्याय भएकोले आगामी दिनमा पनि बैंक तथा वित्तिय संस्था परिसंघ नेपालसँग उद्योग परिसंघले बैक तथा वित्तिय क्षेत्रका विषयमा सहकार्य गर्दै अगाडि बढ्ने धारणा राख्नुभयो ।
दुबै संस्थाको बीचमा हुने ठोस सहकार्यले मात्र उद्योग र बैंकिङ क्षेत्रको दिगो विकास तथा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह हुने, देशमा औधोगिकरण तथा आर्थिक विकासमा योगदान पुग्ने र राष्ट्रको अर्थतन्त्र सबल एवं सक्षम हुने बताउनु भयो ।